Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआशा लघुवित्तद्वारा सीपमूलक तालिम सञ्चालन

आशा लघुवित्तद्वारा सीपमूलक तालिम सञ्चालन


काठमाडौं, पुस १३
नुवाकोटको मदानपुरमा आशा लघुवित्तद्वारा सीपमूलक तालिम सम्पन्न आशा लघुवित्त वित्तीय संस्थाले २०७६, पुस ८, ९ र १० गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । संस्थाले शाखा कार्यालय मदानपुर नवाकोटमा आबद्ध सदस्यहरु मध्ये ७० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ तथा स्याम्पुबनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखा कार्यालय मदानपुरकी शाखा प्रबन्धक बन्दना पौडेलले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने कुरा व्यक्त गरिन् । साथै यस कार्यक्रमपश्चात् सदस्यहरुको लघुव्यवसायमा वृद्धि भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने उनको भनाइ छ ।

संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै १९ सय ४० जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहनेविचार व्यक्त गरे । नेपाल राष्ट्र बैंकबाट घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले विपन्न समुदायका निम्ति आशा भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार सुरु गरेको हो ।

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५१ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब दुई अर्ब १६ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ६२ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया