सिभिल लघुवित्त वित्तीय संस्थाका थप सात नयाँ शाखा
काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिको सहायक कम्पनी)ले थप सातवटा शाखा कार्यालयहरू विस्तार गरेको छ । संस्थाले लघुवित्तको न्यून उपस्थिति रहेका स्थानहरूलाई समेटी क्रमशः झापा जिल्लाको दुर्गापुर र क्याम्पा, सप्तरीको खरचुहिया, महोत्तरीको हाथिलेट, सिन्धुलीको सुम्नाम बेँशी, रौतहटको कनकपुर र सिन्धुपाल्चोकको किउलमा नयाँ शाखा कार्यालयहरू स्थापना गरेको जानकारी दिएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्त वित्तीय संस्थाले यसअघि २६ जिल्लामा रहेको ४८ वटा शाखाहरूबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब २७ जिल्लामा भएका आफ्ना ५५ वटा शाखा कार्यालयहरूमार्फत लघुवित्तीय सेवाहरू प्रदान गर्नेछ ।
संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरूलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आबद्ध हुन नसकेका व्यक्तिहरूलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरिकाबाट वित्तीय पहुँच पु¥याउँदै आइरहेको छ । साथै, संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरू उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरताजस्ता गैरवित्तीय सेवाहरू समेत उपलब्ध गराउँदै आइरहेको छ । वित्तीय संस्थामा करिब ३६ हजारभन्दा बढी सदस्यहरू आबद्ध रहेका छन् भने लगानीमा रहिरहेको कर्जा रकम एक अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया