दुुई हजार अंकबाट तल झ-यो नेप्से
एक सय २३ अंकले घट्दा सात अर्ब २० करोडको सेयर किनबेच
काठमाडौं ।
गत साता झण्डै २१ सय अंकको नजिक पुुगेको सेयर बजार परिसूचक पुुन १९ सय अंकमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक एकैदिन एक सय २३ दशमलव ३४ अंकले ओरालो लागेर १९ सय ३२ दशमलव ११ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २१ दशमलव ६२ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ६७ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९७ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ६१ हजार आठ सय ५८ पटकको कारोबारमा एक करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम सात अर्ब २० करोड ९१ लाख ८० हजार दुई सय १३ रुपैयाँ पुगेको छ ।
यसदिन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये सबै समूहको सूचक ओरालो लाग्दा बजार परिसूचक पूरै रातो देखिएको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक ६४ दशमलव नौ अंकले ओरालो लागेर १४ सय ३३ दशमलव ६९ अंकमा पुग्दा विकास बैंक समूहको सूचक पनि ७६ दशमलव २७ अंकले ओरालो लागेर २१ सय ४३ दशमलव १० अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि ८६ दशमलव ५१ अंकले ओरालो लागेर १५ सय ४५ दशमलव १६ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि दुई सय २४ दशमलव १९ अंकले ओरालो लागेर दुई हजार नौ सय ६४ दशमलव ४३ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि पाँच सय ६९ दशमलव २५ अंकले ओरालो लागेर नौ हजार तीन सय ४३ दशमलव ३५ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक अंकले ओरालो लागेर ११ हजार पाँच सय ६५ दशमलव ८८ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय ५९ दशमलव ५४, ८१ दशमलव ९९, १९ दशमलव ५३, तीन सय ६२ दशमलव ४१, एक सय ६४ दशमलव नौ र शून्य दशमलव दुई अंकले ओरालो लागेका छन् ।
यसदिन बढी कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको रिलायन्स फाइनान्सको सेयर मूल्य दुुई दशमलव ३० प्रतिशतले बढेर एक सय ७८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन बैंकको ऋणपत्र २०८३ को प्रतियुनिट सेयरमूल्य एक दशमलव ९६ प्रतिशतले बढेर एक हजार ४० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कर्पोरेट डेभलपमेन्ट बैंक, मञ्जुुश्री फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने १० प्रतिशतले घटेर १२ सय ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले घटेर १५ सय ६२ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक नेपाल टेलिकम, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १५ सय ६२ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब १६ करोड आठ लाख ३१ हजार एक सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १७ सय ६४ रुपैयाँ अन्तिम मूल्यमा ४४ करोड ९० लाख २७ हजार छ सय २१ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेपाल टेलिकम, अपर तामाकोशी हाइड्रोपावर कम्पनीको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया