नेपाल र भारतबीच व्यापार, पारवहन तथा सहकार्यबारे बैठक
काठमाडौं ।
नेपाल र भारतका सरकारी अधिकारीबीच व्यापार, पारवहन तथा सहकार्यलगायतबारे छलफल भएको छ । नेपाल–भारत अन्तर्सरकारी समिति (आईजीसी)को बैठक सोमबार सम्पन्न भएको हो । नेपाल र भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा बसेको बैठकमा अनधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्य गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार नेपाल–भारत समितिको बैठक भिडियो कन्फेरन्समार्फत छलफल भएको हो । बैठकमा नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका डा. वैकुण्ठ अर्यालले गरेका थिए भने भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवाले गरेको वाणिज्य मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले बताइन् ।
सहायक प्रवक्ता एवं उपसचिव केसीले बैठकमा व्यापार तथा पारवहन सन्धिको बृहत् समीक्षा, रेलसेवा सम्झौता संशोधन, लगानी प्रवर्द्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त बिजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामञ्जस्यता कायमलगायतका विषयमा गहन छलफल भएको बताइन् । यसैगरी व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारीस्तरमा गर्नुपर्ने प्रयासबारे पनि दुवै पक्षबीच विस्तृत छलफल हुनुको साथै बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समीक्षा गरिएको थियो ।
आईजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने प्रमुख द्विपक्षीय संयन्त्र हो । यो बैठकको तयारीका लागि यही मंसिर १८ देखि १९ सम्म अन्तर्सरकारी उपसमितिको सहसचिवस्तरको बैठक बसेको थियो । नेपालको अयात तथा निर्यात दुवै क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लागनी साझेदारको रुपमा रहेको छ । भारत नेपालको एक मात्र त्यस्तो व्यापार साझेदार मुलुक हो जससँग पछिल्लो दुई÷तीन वर्षमा नेपाली निर्यातमा लगातार वृद्धि भएको भारतीय पक्षको भनाइ छ ।
सोमबारको बैठकमा भएको विस्तृत छलफल र प्रगतिले भारत र नेपालबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पु-याउने अपेक्षा गरिएको छ । वार्तामा नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव डा. अर्यालका साथै मन्त्रालयका विभिन्न पदाधिकारी सहभागी थिए भने भारतको तर्फबाट भने विभिन्न मन्त्रालय तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीसहितको १५ सदस्यीय टोली सहभागी थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया