अर्को वर्षको आधाआधीमा ३० प्रतिशत धेरै आईफोन बनाउने एप्पलको लक्ष्य
टोक्यो ।
एप्पल इन्कले सन् २०२१ को पहिलो छ महिनामा ९ करोड ६० लाख वटासम्म आईफोन बनाउने लक्ष्य लिएको छ । यो भनेको एप्पलको फाइभजी ह्यान्डसेटको ३० प्रतिशत बढी माग भएको निक्कीले समाचारमा जनाएको छ । एप्पलले आपूर्तिकर्तालाई साढे नौ करोडभन्दा धेरै आईफोन उत्पादन गर्न भनेको छ । यसमा पछिल्लो आईफोन१२, पुरानो आईफोन ११ र एसई मोडललगायत छन् ।
निक्कीको रिपोर्टअनुसार उद्योगहरुमा फोन अभाव हुनसक्ने जनाइएको छ । कम्पनीले २३ करोड आईफोन अर्को वर्ष बनाउने योजना बनाएको छ । सन् २०१९ को तुलनामा यो २० प्रतिशत बढी हो । यद्यपि लक्ष्य पुनरवलोकन हुनसक्नेछ । एप्पलले भने यसबारे औपचारिक रुपमा बताइसकेको छैन । यससम्बन्धी प्रतिक्रिया मागे पनि नदिएको रोयटर्सले जनाएको छ । अक्टोबरमा एप्पलले आफ्नोा फाइभजी आईफोन सार्वजनिक गर्न केही ढिलाइ गरेको थियो ।
विश्लेषकहरुले आईफोनबाट हुने आम्दानी ५.८ प्रतिशतले बढेर ५९.१९ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेका छन् । यो पहिलो तीन महिनाको लागि गरिएको अनुमान हो । कम्पनीले अहिले एप्पल टीभी मोडलको नयाँ उत्पाादनबारे काम गरिरहेको छ । त्यस्तै आगामी वर्ष कम्पनीले म्याकबुक प्रो र आईम्याक प्रोको आक्रामक उत्पादन गर्नेबारे तयारी गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया