सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण
काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आव २०७६/०७७ को कारोबारबाट सेयर सदस्य सहकारी संघ संस्थाहरूलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १७औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रबार बैंकले लाभांश सदस्य संघसंस्थाको खाता पठाएको हो । साधारणसभाले १५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । सोही निर्णयअनुसार लाभांश पनि सहकारीहरूको खातामा पठाइसकिएको उनको भनाइ छ ।
बैंकले यसपटकको साधारणसभा एकाइगतरूपमा सातवटै प्रदेशमा गरेको थियो । एकाइ प्रतिनिधिहरूको साधारणसभा शुक्रबार जुममार्फत सम्पन्न भएको र अध्यक्षको सल्लाहअनुसार शुक्रबार नै देशभरका सहकारीहरूको खातामा लाभांशको रकम पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
बैंकले गत आर्थिक वर्षको कारोबारबाट २७ करोड ७८ लाख रुपैयाँ लाभांश वितरण गरेको हो । सहकारी बैंकले विगत ३ वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले शुक्रबार नै एक विज्ञप्ति प्रकाशित गरी बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ संस्थाहरूको संरक्षित पुँजीफिर्ता कोषको रकम पनि छिट्टै पठाउने जनाएको छ ।
बैंकले लाभांशबाहेक कारोबारका आधारमा संरक्षित पुँजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरूलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पुँजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समयपछि प्रदान गरिने गुरागाईले बताए । बैंकले गत वर्षको कारोबारबाट १२ करोड ७३ लाख रुपैयाँ संरक्षित पुँजीफिर्ता कोषबाट बैंकसँग कारोबार गर्ने सहकारी संघसंस्थाहरूलाई प्रदान गर्ने भएको छ । यसभन्दा अगाडि आव २०६५/०७६ को कारोबारबाट नौ करोड ३५ लाख र २०७४/०७५ को कारोबारबाट चार करोड ४३ लाख रुपैयाँ संरक्षित पुँजीफिर्ता कोषबाट रकम प्रदान गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया