पोको एक्स३ एनएफसी नेपालमा सार्वजनिक
काठमाडौँ ।
स्मार्टफोन ब्राण्ड पोकोले आफ्नो नवीनतम उपकरण पोको एक्स३ एनएफसी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार क्वालकमको अहिलेको सबैभन्दा शक्तिशाली फोरजी प्रोसेसर स्न्यापड्र्यागन ७३२ जी मा चल्दै पोको एक्स३ एनएफसीले निरन्तर अधिकतम प्रदर्शन र एआई क्षमता प्रदान गर्दछ, जसले सबैभन्दा दक्षतापूर्ण गेमरलाई पनि प्रभावित गर्दछ ।
स्थिर अपरेसन र घर्षणविहीन प्रयोगकर्ताको अनुभव सुनिश्चित गर्न यसमा लिक्वडकूल टेक्नोलोजी १.० प्लस समेत राखिएको छ । पोको एक्स३ एनएफसीमा एक शानदार इड्ज–टु–इड्ज ६.६७ इन्च एफएचडी प्लस डट डिस्प्लेको साथ १२० हर्ट्ज रिफ्रेस रेट र २४० हर्ट्ज स्याम्पलिङ रेटको संयोजन छ । साथै यसमा भएको गतिशील स्वीच फंक्सनले फोनमा उपयोग र स्क्रिनमा प्रदर्शित सामग्रीको ढाँचामा निर्भर हुँदै स्वचालित रूपमा ५०, ६०, ९० र १२० हर्ट्जको बीचमा स्विच गरेर शक्ति बचत गर्न अनुमति दिन्छ । २४० हर्ट्ज टच स्याम्पलिङ दरले अधिकांश प्रतिस्पर्धा पूर्णरुपमा हराउन अनुमति दिँदै फोनको असाधारण प्रदर्शन क्षमताहरूलाई थप सुदृढ गर्ने कम्पनीको भनाइ छ ।
पोको एक्स३ एनएफसीले एक अत्यन्तै सन्तोषजनक प्रयोगकर्ता अनुभव प्रदान गर्दै हाल बजारमा उपलब्ध धेरै फ्ल्यागशिपहरूभन्दा बढी ३३ प्रतिशत छिटो प्रतिक्रियाको दावा गर्दछ । साथै पोको एक्स३ एनएफसीमा एक शीष–नोच रियर क्वाड—क्यामेरा प्रणाली छ, जसमा ६४एमपी मुख्य क्यामेरा, १३एमपी अल्ट्रा—वाइड एंगल क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २एमपी डेप्थ सेन्सर समावेश रहेको छ ।
फोनको मुख्य क्यामेरा एक फ्ल्यागशिप सोनी आईएमएक्स६८२ सेन्सर हो, जसले एक एफ/१.८९ को अपर्चर र १.६ माइक्रोनमिटरको फोर—इन—वान सुपर पिक्सेल प्रस्तुत गर्दै विस्तृत र अल्ट्रा– स्पष्ट फोटोहरु खिच्छ । १३ एमपी अल्ट्रा—वाइड एंगल क्यामेरामा ११९डिग्री फिल्ड अफ भ्यू छ जसलाई एफ/२.२ अपर्चर र १.० माइक्रोनमिटर पिक्सेल आकारले यसमाथी केही खस्नबाट रोक्छ ।
पोको एक्स३ एनएफसीले ६ वटा क्यालिडोस्कोप विकल्पहरू, गोल्ड भाइब्स मोड, साइबरपंक मोड, असंख्य नयाँ फोटो फिल्टरहरू, साथै एआई स्काईस्केपिङ ३.० सहित प्रयोगकर्ताहरूका सामाजिक मिडिया फिडलाई उज्यालो पार्न नयाँ रचनात्मक तरिकाहरू सहितको धेरै रचनात्मक सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।
पोको एक्स३ एनएफसी ५१६०एमएएच (टाइप) ब्याट्रीले सुसज्जित छ जुन मध्यम प्रयोगमा दुई दिनसम्म टिक्छ । यो ह्यान्डसेटले ३० वाट्ट फास्ट चार्जिङलाई समर्थन गर्दछ जसको मतलब केवल यो मात्र होइन कि यो ६५ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिन्छ, तर केवल ३० मिनेटमा यो ६२ प्रतिशतसम्म चार्ज हुन्छ । पोको एक्स३ एनएफसी ६जीबी+१२८जीबी भेरियन्टमा स्याडो ग्रे र कोबाल्ट ब्लू कलर भेरियन्टमा ३१ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । यो मी प्रिफर्ड पार्टनर र अनलाईन पार्टनर—डराज डटकम र सस्तो डिलमार्फत उपलब्ध हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया