बजार परिसूचक १९ सय ९८ अंकमा
३९ अंकले घट्दा चार अर्ब ६६ करोडको सेयर किनबेच
काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३९ दशमलव ९८ अंकले ओरालो लागेर १९ सय ९८ दशमलव ६५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३३ अंकले ओरालो लागेर तीन सय ८१ दशमलव ४३ अंकमा झरेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गत दुुई सय चारवटा कम्पनीहरूको ४२ हजार आठ सय ४२ पटक सेयर किनबेच भएका छन् । यसबाट कुुल ८२ लाख ५४ हजार सात सय आठ कित्ता सेयर किनबेच हुुँदा कुल कारोबार रकम भने चार अर्ब ६६ करोड ९३ लाख ६३ हजार छ सय ५८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये सबैको सूचक ओरालो लागेका छन् । जसबाट सेयर बजार पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २३ दशमलव १२ अंकले ओरालो लागेर १५ सय २४ दशमलव ३० अंकमा झर्दा विकास बैंक उपसमूहको सूचक पनि १० दशमलव २९ अंकले ओरालो लागेर दुुई हजार एक सय ४५ दशमलव १२ अंकमा झरेको छ । जलविद्युुत् उपसमूहको सूचक पनि ३० दशमलव ६९ अंकले ओरालो लागेर १५ सय ७९ दशमलव तीन अंकमा झर्दा लघुुवित्त उपसमूहको सूचक पनि ४१ दशमलव ८५ अंकले ओरालो लागेर तीन हजार एक सय ८३ दशमलव २६ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि दुुई सय ३८ दमसलव ४५ अंकले ओरालो लागेर नौ हजार तीन सय दुुई दशमलव ४९ अंकमा झर्दा जीवन बीमा समूहको सूचक पनि पाँच सय १९ दशमलव ४८ अंकले ओरालो लागेर १३ हजार एक सय ८४ दशमलव ७० अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः सात दशमलव ३१, ९३ दशमलव ११, पाँच दशमलव तीन, ४६ दशमलव चार, ४३ दशमलव १७ र शून्य दशमलव शून्य पाँच अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ दशमलव ८१ प्रतिशतले बढेर चार सय १० रुपैयाँ किनबेच भएको छ । दोस्रो स्थानमा परेको आशा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि चार दशमलव ८३ प्रतिशतले बढेर नौ सय १२ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सिन्धुु विकास बैंक, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको सेयर मूल्य पाँच दशमलव ८५ प्रतिशतले घटेर एक सय ९३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य पनि पाँच दशमलव ५४ प्रतिशतले घटेर २५ सय ४१ मा किनबेच भएको छ । यीबाहेक नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २२ सय २४ रुपैयाँ अन्तिम मूल्यमा ६६ करोड ७० लाख ४१ हजार चार सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि १३ सय ८२ रुपैयाँ अन्तिम मूल्यमा ४० करोड १५ लाख २४ हजार आठ सय ३१ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया