विराटनगर ।
पछिल्लो समय विराटनगर नाकाबाट तस्करी गर्नेको संख्या बढ्दोरूपमा देखिएको छ । कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकीको बाटो प्रयोग गर्दै मानिसहरूको समेत आउजाउ बढेर गएको छ ।
देशमा कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव तथा नेपाल–भारतबीच रहेको सीमा नाका लामो समयदेखि बन्द रहेकाले सो अवधिमा घट्दो आयातका कारण तोकिएको लक्ष्य प्राप्त गर्न विराटनगर भन्सारले सकिरहेको छैन । तर केही समयदेखि कोरोना संक्रमणमा कमी आएपछि आईसीपी नाका नै प्रयोग गर्दै मानिसको आवतजावत बढ्दै गएको छ ।
आईसीपी सञ्चालन हुनुपूर्व विराटनगर भन्सार सञ्चालन रहेको नाका दिनभरि बन्दजस्तो नै भएपछि रातभर झोले र पोके कारोबारीहरू प्रहरीकै सेटिङमा खुलेयाम आवतजावत गर्नेगरेको स्थानीय बासिन्दाको दाबी छ । भन्सार जाँचपासका लागि आएका भारतीय कन्टेनरहरू आईसीपीमै रहने हुँदा सुनसान बन्नुपर्ने नेपाल–भारतको बोर्डर राति भने गुल्जार बन्ने गरेको गुनासो स्थानीयको छ । दिनभरि आउजाउ गर्नेहरूका लागि आईसीपीमा रहेको नाका नै प्रयोग हुनेगरेको छ भने रातभरि पुरानो भन्सारसँगै रहेको नेपाल भारत सीमा नाकालाई अनधिकृतरूपमा प्रयोग हुनेगरेको बताइएको छ ।
कोरोना महामारी तथा सीमा नाका बन्द हुँदा भारततर्फ किनमेलमा जाने उपभोक्ताका लागि सीमा नाका बन्द गरिएको छ । तर झोले र पोके कारोबारीका लागि बन्दले कुनै प्रभाव नै नपरेको भनाइ स्थानीयको छ । सीमा नाका चालू भएको अवस्थामा भन्दा अहिले बन्दका समयमा तस्करी अत्यधिक वृद्धि भएको दाबी समाचारस्रोतले गरेको छ ।
विराटनगरका बजारमा आकासिएको महँगी नियन्त्रणमा सरकारको अनुगमन फितलो भएका कारणले उपभोक्ता मारमा परेका छन् । झोले र पोकेहरूले नै आवश्यक वस्तुको ढुवानी घर–घरमै गर्न थालेपछि भारतबाट तस्करी गर्नेहरूका लागि अहिलेको अवस्था अत्यन्त सहज भएको छ । विराटनगर भन्सारको राजस्व घट्नुमा मुख्य कारण तेस्रो मुलुक अर्जेन्टिना, ब्राजिल, युक्रेन, इण्डोनेसियालगायतका देशबाट व्यापारीले भटमासको अर्धप्रशोधित तेल आयात गर्नेगरेका थिए । नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको थियो ।
अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च रहे पनि भारत सरकारले सो तेलको आयातमा प्रतिबन्ध लगाएपछि उद्योगी व्यवसायीले पाम तेलको निकासी नै बन्द गरेका कारण विराटनगर भन्सारले लक्ष्यअनुसारको राजस्व पु-याउन सकेको थिएन । जसका कारण यस वर्ष लामो समयसम्म रहेको लकडाउनका कारण उत्पादन गरिएको वस्तु समयमा निर्यात हुन नसकेपछि विराटनगर भन्सारको राजस्वमा गिरावट आएको हो । यसरी एकातिर सरकारलाई राजस्वमा गम्भीर असर गरिरहेको छ भने अर्कोतिर प्रहरीको लापरबाहीका कारण दिनानुदिन सीमा नाका बन्द भए पनि सीमित व्यक्ति मालामाल भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया