गुडविल फाइनान्सको २६औं वार्षिक साधारणसभा
काठमाडौँ ।
गुडविल फाइनान्सको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले आज बुुधबार होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौँंमा विद्युतीय माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । उक्त वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखले आव २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले निक्षेपतर्फ गत आवको तुलनामा २३ दशमलव १८ प्रतिशतले वृद्धि गरी आठ अर्ब ४९ करोड ३९ लाख ९८ हजार सात सय १७ रुपैयाँ तथा कर्जातर्फ १५ दशमलव ८८ प्रतिशतले वृद्धि गरी छ अर्ब ८४ करोड पाँच लाख ४५ हजार पाँच सय पाँच रुपैयाँ पु-याएको जानकारी दिनुका साथै प्रस्तुत गरेको आव २०७६/७७ को आयव्यय विवरण तथा उक्त आवको नाफाबाट आठ दशमलव ४५ बोनस सेयर तथा तीन दशमलव ६५ नगद लाभांश गरी जम्मा १२ दशमलव पाँच वितरण गर्ने प्रस्ताव सर्वसम्वत रूपमा पारित गरेको छ ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रूपमा फैलिएको कोभिड १९ कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधिलगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रूपमै कार्य गर्दै लगानी कर्ताहरूलाई गत वर्षभन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराए ।
भर्चुअल माध्यमबाट भएको साधारणसभामा बोल्ने सेयरधनीहरूले वित्तीय संस्थाले यस वर्ष थप प्रगति गरी अझ बढी प्रतिफल प्राप्त गर्न सकियोस् भनी शुभकामना दिए । साथै साधारणसभाले पारित गरेको उक्त आवको तीन दशमलव ६५ प्रतिशतले हुन आउने नगद लाभांश सोही दिन सेयरधनीहरूको खातामा पठाइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया