इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा
काठमाडौं, पुस २२
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खेमराज नेपालले पानसमा दीप प्रज्वलन गर्दै सहमति संस्था, गैंडाकोट, नवपपुरमा यही पुुस १८ गते साधारणसभाको समुद्घाटन गरेको हो । सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले उपस्थित सम्पूर्ण सेयरधनी महानुभावहरूलाई स्वागत गरेका थिए । सभाको साधारण प्रस्तावहरूमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरू (अनुसूचीहरू समेत), आव २०७५/७६ सम्मको मुनाफाबाट चुक्ता पुँजी २० लाख ७४ हजार रूपैयाँको पाँच प्रतिशतले हुुन आउने एक करोड तीन लाख ७० हजार रूपैयाँबराबरको नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसमेत), आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति र सर्वसाधारण समूहको तर्फबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएको थियो ।
निर्वाचित हुने सञ्चालकमा बैंकिङ क्षेत्रका विज्ञ बलराम विष्ट र समाजसेवी प्रभा खनाल रहेको थियो । विशेष प्रस्तावहरूअन्तर्गत सञ्चालक समितिको प्रस्तावबमोजिम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर, वितरण गर्ने, सञ्चालकहरूको बैठकभत्ता समयसापेक्ष वृद्धि गर्ने, संस्थाको पुँजी वृद्धि गर्न बोनस सेयरपश्चात् कायम हुने चुक्ता सेयर पुँजीको २५ प्रतिशत अर्थात चारबराबर एक अनुपातमा हकप्रद सेयर पुँजी थप गर्ने, संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जानेसम्बन्धी अख्तियारी सञ्चालक समितिलाई दिने र संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको थियो । विविध प्रस्तावअन्तर्गत साधारणसभाको माइन्युटमा हस्ताक्षर गर्ने अख्यितारी संस्थाको अध्यक्ष र कम्पनी सचिवलाई दिने निर्णय गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया