कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने
काठमाडौं ।
कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरको आधारमा देशव्यापीरूपमा जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागि ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरू र बैंकका १० हजारभन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरूमार्फत रकम बुझ्न सक्नेछन् । नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । सो प्रणालीमार्फतको कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ दैनिक कारोबार सीमाअन्तर्गत नै पर्नेछ ।
ग्राहकले आफ्नो कुमारी स्मार्ट एप्लिकेसन खोली कुमारी रेमिट फिचरमा क्लिक गरेपछि प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम रेमिट गर्न सक्नेछन् । यसका लागि न कुनै फारम, कागजातको झन्झट, न त कुनै कार्यालय धाइराख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा बैंक विश्वस्त छ । आफ्नो कुमारी स्मार्ट एप्लिकेसनमा उक्त फिचर सम्मिलित गरेपछि पुनः बैंक समयसापेक्ष डिजिटल बैकिङ प्रणालीतर्फ द्रुत गतिमा लम्किँदै गएको वास्तविकता प्रस्ट झल्किएको छ ।
आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ६३ एटीएम, २२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया