नेपाल बंगलादेश बैंकको ‘किसान कृषि लोन कार्ड’ योजना
काठमाडौं ।
मकवानपुरगढी गाउँपालिकास्थित कृषकहरूले पशुपालन, पन्छीपालन तथा तरकारी फलफूल उत्पादनमूलक कृषि व्यवसाय, उद्यम गर्नका निमित्त आवश्यक वित्तीय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भूमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यावसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले नेपाल बंलादेश बैंक लि., आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समान्वय समितिबीच सहकार्य गरी किसान कृषि लोन कार्डको योजना ल्याएको छ ।
सम्झौता नेपाल बंलादेश बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढी गाउँपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुमागाई र मकवानपुरगढी गाउँपालिका सहकारी समान्वय समितिका सहसंयोजक कल्पना श्रेष्ठले चौपक्षीय सम्झौता गरेका थिए । हालसम्म बैंकले ९९ शाखा, सात एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया