आशा लघुवित्तको लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम
काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७७ माघ २५ र २६ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देशभर सञ्चालित ५५ वटा शाखा कार्यालयहरूमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेको कार्यक्रममा उनले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दे यसप्रकारका कार्यक्रमहरूले कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा जोखिम व्यवस्थापनसम्बन्धी तालिम भोजराज बस्यालले तथा धितो कर्जा मूल्याङ्कन प्रक्रियासम्बन्धी लेखनाथ दाहालले प्रशिक्षण दिएका थिए ।
साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरू बिजेन्द्र चौधरी, रबिन खतिवडा, दिपेन्द्र खनाल तथा रामकृष्ण न्यौपानेले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे भने जीवसन धामीले सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेका थिए ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा स्वीकृतिप्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्नका निम्ति आशा’ भन्ने मूल नाराका साथ ककनी–६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो ।
हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरूका ५५ शाखा कार्यालयहरूमार्फत करीब ६० हजार सदस्यहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब तीन अर्ब २५ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरूबाट एक अर्ब सात करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- उत्पीडित वर्ग, जाति र समुदायलाई आफ्नो अधिकारको रक्षा गर्न प्रधानमन्त्रीको अपिल
- डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई राहत
- एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
- १६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया