राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर
काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । किताबखानाका अधिकृत धनेश्वर प्रसाई, सवारी चालक सुरेशप्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपाने ५२ हजार रूपैयाँ घुस लिएको भन्दै सोही रकमबराबरको बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले अवकासपश्चात् पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग काम छिटो गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेका थिए । उनीहरूले घुस रकम मागेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ५२ हजार रूपैयाँ लिई सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको थियो ।
अख्तियारका अनुसार राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेलाई सेवाग्राहीसँग ५२ रुपैयाँ रकम माग गर्न लगाएका थिए । न्यौपानेले भने प्रसाईले भनेअनुरूप सवारी चालक सुरेशप्रसाद नेपालमार्फत घुस रकम लिएका थिए । प्रसाईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर गरेकोले उनलाई ५२ हजार रूपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
यस्तै क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेले शाखा अधिकृत धनेश्वर प्रसाईले लिन लगाएबमोजिम धनेश्वर प्रसाई र आफ्नो लागि घुस लिन मञ्जुर गरी सेवाग्राहीबाट सोही कार्यालयका हलुका सवारी चालक सुरेशप्रसाद नेपालमार्फत घुस रकम लिएको पुष्टि भएकोले उनीविरुद्ध पनि सोही ऐनअनुसार सोही रकमबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । साथै हलुका सवारी चालक सुरेशप्रसाद नेपालले शाखा अधिकृत प्रसाई र क्यान्टिन सञ्चालक न्यौपानेबीचको सहमतिपश्चात् उनीहरूले माग गरेको रकम सेवाग्राहीसँग लिएको पुष्टि हुनआएको उनविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया