नयाँ निशान म्याग्नाइट कार नेपाली बजारमा
काठमाडौं । पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाइट कार सार्वजनिक गरेको छ । कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै नयाँ कार सार्वजनिक गरेको हो । सार्वजनिकसँगै सो कार एकसाथ नेपालभरका सबै डिलरहरुमार्फत बुकिङ खुल्ला गरेको समेत कम्पनीले जनाएको छ । ग्राहकहरुले निशान नेपालको वेबसाइटमा गएर यस एसयूभीको बुकिङ गर्नसक्नेछन् ।
कम्पनीले नेपाली बजारमा निशान म्याग्नाइटको मूल्य २९ लाख ४९ हजार रुपैयाँ तोकेको छ । यी गाडीहरु बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक रहेको कम्पनीको भनाइ छ । निशान मोटर इण्डियाका अध्यक्ष तथा दक्षिण एसिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निशासन म्याग्नाइटले निशान नेस्क्टको नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरुवात गर्नेछ । ‘मेक इन इण्डिया, मेक फर द वल्ड’को नारासहित नयाँ निशान म्याग्नाइटमा २० वटाभन्दा बढी प्रथम श्रेणी र वेष्ट–इन–सेगमेन्टका सुविधाहरु रहेको र यसले उपभोक्ताहरुलाई नवीनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
निशान म्याग्नाइटमा प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता प्रविधिहरु समावेश छन् । यसका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ढंगबाट गहनताका साथ डिजाइन गरिएको पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दीपकुमार शारदाको भनाइ छ । यस गाडीले नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्ने कार्यक्रममा कम्पनीका डाइरेक्टर गौरव शारदाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया