‘कसैले कराउँदैमा राजीनामा दिने हामी कायर हौँ ?’
काठमाडौं ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गरेसँगै प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग उठ्दै आएको छ । चौतर्फीरुपमा प्रधानमन्त्रीको राजीनामा माग भइरहेको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भने कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताउँदै संसद्मा अविस्वासको प्रस्ताव दर्ता भए उक्त प्रस्तावको फेस गर्ने बताए । ‘राजीनामा दिने हामी कायर हो, कुनै पनि हालतमा राजीनामा आउँदैन’, उनले भने, ‘प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ ।’ संसद् सुचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री ओलीले फेस गर्ने बताउँदै उनले अदालतको निर्णयको पनि आलोचना गरे ।
सर्वोच्वको उक्त फैसालाले झन् विवाद बढाएको तथा अस्थिरता पैदा गर्ने बाटो खोलिदिएको आरोप लगाए । ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ’, उनले भने ‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्याङ्कन गर्नेछन् ।’
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को ३३औँ वार्षिक उत्सव समारोहमा उनले अधिकांश समय राजनीतिक भाषणमा खर्चिए । सीटीईभीटी अध्यक्ष समेत रहेका उनले प्राविधिक शिक्षाभित्र देखापरेका समस्या समाधान गर्ने, यसलाई व्यवस्थित गर्नेतर्फ केही बोलेनन् ।
कार्यक्रममा एकोहोरो रुपमा प्रधानमन्त्री ओलीको बचाउमा लामो समय भाषण गरेका उनले प्राविधिक शिक्षालाई सरकारले पहिलो प्राथमिकातामा राखेर अघि बढ्ने बताए । अब पनि केपी ओलीकै नेतृत्वको सरकार रहने भन्दै उनले नेपालको राजनीतिमा पेले, रोनाल्डो, म्यारोडोना, मेसी सबै आफूहरुसँग रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य (शिक्षा) डा. उषा झा, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्परमण वाग्लेलगायतले बोलेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठ, सचिव थपलियालगायतले सीटीईभीटी परिसरमा वृक्षरोपाण समेत गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया