वीरगञ्जको रजनिश ट्रेडिङ र डल्फीन ट्रेडर्सद्वारा २५ करोड ८० लाख राजस्व छली
काठमाडौं ।
वीरगञ्ज उपमहानगरपालिका वडा नं. १० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रालिले २५ करोड ८० लाखभन्दा बढी राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले दुवै कम्पनीका सञ्चालक तथा प्रोप्राइटर रहेका रजनिश कुमार गुप्तालाई २५ करोड ८० लाख ६५ हजार चार सय २३ रूपैँया राजस्व चुहावट गरेको अभियोगमा सोही रकमबराबरको बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरी आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
रजनिश ट्रेडिङ कन्सर्न (स्थायी लेखा नम्बर ३०००३३८७२) तथा डल्फीन ट्रेडर्स प्रालि (स्थायी लेखा नम्बर ६०४२७८५५१) का सञ्चालक गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरको राजस्व चुहावटको कसुर गरेको देखिएकोले उनलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन –२०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) बमोजिम बिगो कायम गरी उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया