मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने
काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालका मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने बताएका छन् । त्यसका लागि कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशीजस्ता मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गर्न अध्ययन भइरहेको उनको भनाइ छ ।
भारतले दोस्रो संस्करणका रूपमा आयोजना गरेको मारिटाइम इण्डिया समिट २०२१ को मन्त्रीस्तरीय भर्चुअल सेसनलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले जल यातायातसम्बन्धी विभिन्न सन्धिसम्झौता तथा सम्मेलनहरूमा प्रतिबद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएको बताए । उनले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रूपमा रहने भन्दै नेपालले यातायातको सबै क्षेत्र हवाइजहाज, रेल, सडक यायातात तथा पारवहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको बताए ।
मन्त्री नेम्बाङले नेपाल भूपरिवेष्टितबाट भूजडित देशको रूपमा विकसित भएको समेत उल्लेख गरे । उनले जल यातायात सञ्चालनसम्बन्धी नेपालको प्रयास निकै पुरानो भएको बताए । उनले भने, ‘यो तपाईँहरूका लागि आश्चर्यको विषय हुन सक्छ कि नेपालले पानीजहाजसम्बन्धी ऐन सन् १९७१ पारित गरेको थियो । विभिन्न कारणले नेपालको पानीजहाज सञ्चालन हुन सकेन । निकै लामो समयपछि जल यातायातलाई अहिलेको सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ ।’ तीन दिनसम्म चल्ने मारिटाइम इण्डिया समिट २०२१ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया