कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन १२ निःशुल्क
काठमाडौं ।
डिजिटल कारोबार प्रवर्द्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले ‘डिजिटल च्यालेन्ज’ नामक योजना प्रस्तुत गरेको छ । यो योजनाअन्तर्गत कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्न सक्नेछन् । यसका साथै पाँचजना भाग्यशाली विजेताले सामसुङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।
‘कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्री’ योजनाअन्तर्गत ग्राहकले तीन कार्यहरू सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । जसअन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टपअप गर्ने, दोस्रोमा फोन–पे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोन–पे क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । यी तीन कार्यहरू सम्पन्न गर्ने ग्राहकहरूमध्ये एकले आइफोन १२ प्राप्त गर्नेछन् ।
यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरूमध्ये पाँच भाग्यशाली विजेताले सामसुङ ट्याब ए ८.० प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले पहिलो पटक टपअप, बिल भुक्तानी, क्यूआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरेपछि सामसुङ ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंक लिमिटेडमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ ।
बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरेपछि ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्मका लागि मात्र लागू गरिएको छ ।
बैंकले हाल देशव्यापीरूपमा फैलिएका आफ्ना एक सय ९२ शाखा सञ्जाल, एक सय ६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब २१ करोड ६५ लाख ५८ हजार चार सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८० करोड ३० लाख ११ हजार चार सय ७६ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार आठ सय ३६ रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २२ अर्ब ७२ करोड ८८ लाख २८ हजार ८९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १४ अर्ब ७३ करोड ८९ लाख ८६ हजार आठ सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ४९ करोड ७७ लाख ८९ हजार तीन सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य छ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ५८ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ७५ लाख ५५ हजार तीन सय ७९ रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार एक सय ९६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार पाँच सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ८२ करोड २९ लाख ४२ हजार एक सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३७ प्रतिशत रहेको थियो ।
कुमारी बैंक र प्रभु हस्पिटलबीच सम्झौता : कुमारी बैंक र प्रभुु हस्पिटलबीच सम्झौता भएको छ । कुमारी बैंक र प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरबीच कुुमारी बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा कुमारी बैंकका प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु अस्पतालको विभिन्न सेवाशुल्कमा २० प्रतिशत र औषधिमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा पाँच प्रतिशत छुट पाउनेछन् । हाल बैंकले एक सय ९२ शाखा सञ्जाल, एक सय ५२ एटिएम, २३ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया