नवनियुक्त डेपुटी गभर्नरद्वय ढुंगाना तथा मिश्रद्वारा पद तथा गोपनीयताको शपथग्रहण
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका नवनियुुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्र बैंकका अनुसार बुधबार नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष डेपुटी गभर्नरद्वयले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
सोपश्चात् उनीहरूले पदबहाली समेत गरेको राष्ट्र बैंकले जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा उनीहरूलाई शपथग्रहण गराएका हुुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ फागुन २५ गतेको निर्णयअनुसार उनीहरू डेपुटी गभर्नर पदमा नियुक्त भएका थिए । शपथग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यको क्रममा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दै गभर्नर अधिकारीले दुवैसक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त हुनुभएकोमा प्रसन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए ।
डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले तरल राजनीतिक अवस्थामा पनि समयमै नियुक्ति भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा गभर्नर अधिकारीले दुई जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर नियुक्त हुने कानुनी व्यवस्थाअनुसार उहाँहरू नियुक्त हुनुभएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहने विश्वास व्यक्त गरे । आफू कार्यमुखी, नतिजामुखी तथा संस्थाको गरिमाप्रति समर्पित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबैको सल्लाह र सुझावअनुसार अघि बढ्ने कुरा बताए ।
कार्यक्रममा नवनियुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गरेकोमा संस्था प्रमुख तथा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूमा खुसी तथा जिम्मेवारीबोध एकैपटक आएको कुरा अभिव्यक्त गरे । उनीहरूले संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै पहिलेजस्तै आगामी दिनमा पनि सबै पक्षबाट सहयोग कायम रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ कार्यकारी निर्देशक भुवन कँडेलले स्वागत मन्तव्य राख्दै यथासमयमै डेपुटी गभर्नरहरू नियुक्त भएकोमा प्रसन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका कार्यवाहक अध्यक्ष राजनप्रसाद रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशम बल्छौडीले नव नियुक्त डेपुटी गभर्नरहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया