काठमाडौं ।
उत्तरी छिमेकी देश चीनसँगको व्यापार पुनः एकतर्फी अर्थात् आयातमुखी मात्र रहेको छ । कोरोना महामारीपछि आयातमुखी हुँदै आएको उत्तरतर्फका दुईवटा (तातोपानी/रसुवागढी) नाका पछिल्लो समय सञ्चालनमा आएसँगै पनि एकतर्फी व्यापार हुँदै आएको छ ।
पछिल्लो समय भने चिनियाँ ल्होसारको कारण नाका बन्द भएको थियो । यसअघि भने भदौमा पहिरोका कारण नेपाल–चीन व्यापारिक नाका बन्द हुनपुगेको थियो । कोरोना त्यसपछि पहिरो, चिनियाँ नयाँ वर्ष तथा ल्होसारको कारण देखाउँदै दुईवटै नाका बेलाबेलामा बन्द हुने गरेको छ । नाका खुले पनि सीमित मात्र कारोबार हुने गरेको छ । अझ पछिल्लो समयमा त उत्तरका नाकाबाट नेपाल सामान आयात मात्र भएका छन् । नेपालबाट चीनतर्फ सामान निर्यात ठप्पजस्तै छ । अहिलेको कारोबार हेर्दा नेपालको चीनतर्फको व्यापार पनि घाटामै चल्ने संकेत मिलेको छ ।
यसैबीच यसै सातादेखि दुवै व्यापारिक नाकाबाट सामग्री आयात भएको छ । नाका सञ्चालनमा आएसँगै निर्माण सामग्रीदेखि तयारी पोशाक नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । दैनिक करिब एक दर्जन कन्टेनर निर्माण सामग्री, जलविद्युत् आयोजनाका सामग्री, तयारी पोशाक लिएर कन्टेनर नेपाल भित्रिएको उनले जानकारी दिए । तर, नेपालबाट भने सामान नै चीनतर्फ गएको छैन । चिनियाँ व्यापारीले सामान नमगाएको कारण नेपालतर्फबाट सामान नगएको हो ।
यस्तै रसुवा भन्सार कार्यालयका अनुसार रसुवा नाकाबाट भने बढी मात्रमा रासायनिक मल भित्रिएको छ । सरकारले दक्षिणको साथै उत्तरी नाकाबाट पनि परीक्षणको रुपमा मल आयात गरिरहेको छ । अब दुवै नाकामा चिनियाँ पक्षको अवरोध नभए दैनिक कन्टेनर भित्रिनेछ भने यस विषयमा भने कुनै ठोस निर्णय भने नभइसकेको अधिकारीहरुले बताएका छन् । त्यसैले गर्दा पुरानै लयमा अर्थात् दुवै नाकाबाट आयातनिर्यात सहज होला भन्ने विषयमा भने सरोकारावालाहरु विश्वस्त हुनसकेका छैनन् । यसैबीच कोरोनाबाट नेपाली पक्ष सुरक्षित भए पनि चिनियाँ पक्ष भने कोरोनाकै कारण देखाउँदै नाका सुचारु गर्न सहमत नभएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।
चिनियाँ केन्द्रीय सरकारको नीतिअनुसार नै नाकामा कडाइ भएको बताइएको छ । चिनियाँ नाका सञ्चालन गर्ने/नगर्ने विषयमा भने नेपालस्थित चिनियाँ दूतावासले कुनै पनि जानकारी बाहिर ल्याएको छैन । यसरी चीनको एकतर्फी निर्णयले गर्दा नेपाली व्यवसायीहरु मारमा पर्दै आएका छन् । यसअघि भदौ पहिलो सातामा रसुवा तथा तातोपानी क्षेत्रमा गएको पहिरोका कारण दुवै नाका सञ्चालन हुनसकेको थिएन ।
नेपाल हिमालय सीमापार वाणिज्य संघले कोरोना, पहिरोलगायतका कारण देखाउँदै यसअघि चीनले नेपालमा सामान नपठाएको बताएको छ । पछिल्लो समय नाका सञ्चालनमा आए पनि निर्यात भने हुनसकेको छैन । सामान्य अवस्थामा उत्तरतर्फको नाकाबाट विशेष गरी कृषिजन्य उपभोग्य सामग्रीहरु आयात गर्ने गरेको पाइन्छ । स्याउ, लसुन, प्याजलगायतका सामग्रीहरु ठूलो परिमाणमा चीनबाट आयात हुने गरेको छ । पछिल्लो समय भने मास्क, स्यानिटाइजरलगायतका औषधिजन्य सामग्री व्यवसायीहरुले आयात गरेको पाइन्छ ।
नेपाबाट चीनमा भने हस्तकला, चिया, दूधजन्य सामग्री, खाद्यान्न, फुटेवयरलगायतका सामग्री निर्यात हुने गरेको छ । तर, कोरोनापछि त्यसरी निर्यात हुने सामान पनि नगन्य नै छ । ती नाकाबाट नेपाली व्यवसायीले चाहेअनुसार सामान आयात गर्न पनि पाएका छैनन् । ‘उत्तरी नाकाबाट आयात पनि त्यति सहज छैन’, रसुवाका एक व्यवसायीले भने, ‘चीनमा खरिद गरेको ओखर अहिले भारतीय नाकाबाट नेपाल भित्र्याउन गरेको छ । यसले लागत पनि बढाएको छ । आयात नै गर्न कठिन छ भने निर्यातको सम्भावनै देखिन्न ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया