गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा
काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबाहक बसहरूमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ । मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच विशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा मेगा बैंकका प्रमुख सञ्चालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घरलगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले क्यूआर प्रणालीबाट भाडा लिँदा समयको बचत, नगद चुहावट नहुने र पारदर्शी हुने बताए ।
यसैगरी गागलफेदी यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन केसी (खड्का)ले क्यूआर कोड सुविधाको व्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी व्यवस्थाको प्रयोगले यातायात सञ्चालक तथा यात्रुहरू दुवैलाई सहज हुने बताए । कार्यक्रममा गागलफेदी यातायात प्रालिका सञ्चालकहरू बद्रिबहादुर खड्का, नारायण खड्का, कुमारध्वज खड्का, आनन्द खड्का तथा अन्य सेयरधनीहरूको उपस्थिति थियो ।
गागलफेदी यातायातले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ । नगदरहित भुक्तानी व्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिअनुरूप मेगा बैंकले देशभरका विभिन्न सेवामूलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने व्यवस्थालाई प्राथमिकता दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया