मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा
काठमाडौं, पुस २५
मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनीमाया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याजबराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले उक्त रकम स्व. थापा मगरको श्रीमान् श्रीभूपाल थापा मगरलाई बैंकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघु बैंकिङ प्रमुख ध्रुवराज घिमिरे, वडा सदस्य सुरबहादुर थापाले संयुक्तरूपमा भुक्तानी साँवा र ब्याजबापतको रकम ५४ हजार दुई सय ७८ रूपैयाँ र काजकिरीया खर्चबापत पाँच हजार रूपैयाँसमेत गरी कुुल ५९ हजार दुुई सय ७८ रूपैयाँ प्रदान गरेको हो । यसैगरी बैंकले तिर्न बाँकी रहेको कर्जा रकम दुुई लाख ११ हजार चार सय ४० रूपैयाँ समेत मिनाहा गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया