नेसनल माइक्रोफाइनान्सको सातौँ वार्षिक साधारणसभा
काठमाडौं ।
राष्ट्रियस्तरको नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७१ आसार १८ गतेदेखि सञ्चालनमा आएको संस्थाले धादिङको क्रिक रिर्सोटमा बिहीबार आयोजना भएको साधारण सभाले आव २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरी सभा सम्पन्न भएको हो ।
सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले अध्यक्षले पेश गरेको आव २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरेको छ । सभामा सर्वसाधारण सेयरधनी तर्फबाट दुई जना सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन् ।
सभाले नयाँ सञ्चालकहरू क्रमशः नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो । सभाले आव २०७६/७७को नाफाबाट सेयरधनीहरूलाई २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई समेत पारित गरेको छ । सभाले प्रस्ताव पारित गरेपछि संस्थाको चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजारबाट वृद्धि भई ३१ करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
चालू आव २०७७/७८ को हालसम्म हिमाल, पहाड र तराईका गरी ६५ वटा शाखा कार्यालयहरूमार्फत संस्थाको पहुँच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले एक लाख चार हजारभन्दा बढी विपन्न परिवारमा सेवा पु-याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा सात अर्ब २५ करोड तथा बचत एक अर्ब ९५ करोडभन्दा बढी सदस्यहरूबाट संकलन गर्न सफल भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया