बैंकिङ क्षेत्रको खर्च चार अर्ब २२ करोडले बढ्यो
सुरेश राउत
काठमाडौं, पुस २७
बैंक तथा फाइनान्स कम्पनीहरुको व्यवस्थापन खर्च पछिल्लो चार महिनामा चार अर्ब २२ करोड २६ लाख १० हजार रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २८ वटा वाणिज्य बैंक, २५ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्ता र कार्यालय व्यवस्थापन शीर्षकमा मात्र कुुल २४ अर्ब २१ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । सोमध्ये वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको तलब भत्तामा मात्र कुुल १४ अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ भने कार्यालय व्यवस्थापन शीर्षकमा नौ अर्ब ७२ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।
गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्ता र कार्यालय व्यवस्थापन शीर्षकको कुुल खर्च १९ अर्ब ९९ करोड ३३ लाख ९० हजार रुपैयाँ रहेको थियो । उक्त खर्चमध्ये कर्मचारीहरुको तलब भत्तामा ११ अर्ब ५० करोड ३६ लाख ९० हजार रुपैयाँ खर्च भएको थियो भने कार्यालय व्यवस्थापन शीर्षकमा आठ अर्ब ४८ करोड ९७ लाख रुपैयाँ खर्च भएको थियो । चालू आवको पछिल्लो चार महिनामा वाणिज्य बैंकहरुले मात्र कुुल २० अर्ब ५४ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । सोमध्ये कर्मचारी शीर्षकअन्तर्गतको खर्च १२ अर्ब ३६ करोड ३० लाख रुपैयाँ रहेको छ भने कार्यालय सञ्चालन शीर्षकको खर्च आठ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको कर्मचारी र कार्यालय व्यवस्थापन शीर्षकअन्तर्गतको कुुल खर्च १७ अर्ब दुुई करोड ९७ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
विकास बैंकहरुले भने चालू आवको पछिल्लो चार महिनामा कर्मचारीहरुको पारिश्रमिकमा एक अर्ब ७६ करोड ७० लाख र कार्यालय व्यवस्थापन शीर्षकमा एक अर्ब २६ करोड ६० लाख रुपैयाँ समेत गरी कुुल तीन अर्ब तीन करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा विकास बैंकहरुले कर्मचारीहरुको तलब भत्तामा एक अर्ब ४२ करोड तीन लाख ३० हजार र कार्यालय व्यवस्थापन शीर्षकमा ९९ करोड ९८ लाख १० हजार रुपैयाँ समेत गरी कुुल दुुई अर्ब ४२ करोड एक लाख ४० हजार रुपैयाँ खर्च गरेका छन् ।
राष्ट्र बैंकका अनुसार फाइनान्सहरुले भने चालू आवको पछिल्लो चार महिनामा कर्मचारी शीर्षकअन्तर्गत ३६ करोड र कार्यालय सञ्चालन शीर्षकअन्तर्गत २७ करोड ५० लाख समेत गरी कुुल ६३ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुको यस्तो खर्च ५४ करोड ३७ लाख रुपैयाँ रहेको थियो । सो खर्चमध्ये कर्मचारी शीर्षकमा ३० करोड ९० हजार र कार्यालय सञ्चालन शीर्षकमा २४ करोड ३६ लाख ९० हजार रुपैयाँ खर्च गरेका छन् ।
राष्ट्र बैंकका अनुसार गत आवको चार महिनाको तुुलनामा चालू आवको चार महिनामा कर्मचारीहरुको तलब भत्ता र कार्यालय व्यवस्थापन शीर्षकको कुुल खर्च चार अर्ब २२ करोड २६ लाख १० हजार रुपैयाँले बढी देखिएको छ । सोमध्ये वाणिज्य बैंकहरुको उक्त शीर्षकहरुको खर्च रकम गत आवको चार महिनाको तुुलनामा तीन अर्ब ५१ करोड ८२ लाख १० हजार रुपैयाँले बढी देखिएको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको क्रमशः ६१ करोड २८ लाख ६० हजार र नौ करोड १२ लाख २० हजार रुपैयाँले बढी देखिएको छ ।
बैंक तथा फाइनान्सहरुको २०७६ कात्तिक मसान्तसम्मको खर्च विवरण (रु. १० लाखमा)
विवरण वाणिज्य बैंक विकास बैंक फाइनान्स कुुल
कर्मचारी व्यवस्थापन खर्च १२३६३ १७६७ ३६० १४४९०
कार्यालय सञ्चालन खर्च ८१८५ १२६६ २७५ ९७२६
कुुल खर्च २०५४८ ३०३३ ६३५ २४२१६
बैंक तथा फाइनान्सरुको २०७५ कात्तिक मसान्तसम्मको खर्च विवरण (रकम रु. १० लाखमा)
विवरण वाणिज्य बैंक विकास बैंक फाइनान्स कुुल
कर्मचारी व्यवस्थापन खर्च ९७८३.२७ १४२०.३३ ३००.०९ ११५०३.६९
कार्यालय व्यवस्थापन खर्च ७२४६.५२ ९९९.८१ २४३.६ ८४८९.७०
कुुल खर्च १७०२९.७ २४२०.१४ ५४३.७८ १९९९३.३९
(स्रोत : नेपाल राष्ट्र बैंक)
राजस्व बुझ्न प्रयोजनको लागि शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
राजस्व बुुझ्ने प्रयोजनको लागि शनिबार पनि बैंक खुल्ला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले शुुक्रबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु समेतको नाउँमा परिपत्र जारी गर्दै असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सोपछि मसान्तसम्म शनिबार लगायत जुुनसुुकै सार्वजनिक विदामा समेत बैंक खुल्ला राख्न निर्देशन दिएको हो । यसअन्तर्गत नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजस्व संकलनसम्बन्धी काउन्टरहरु एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरुलगायत नेपाल क्लियरिङ हाउसलगायतका संस्थाहरु पूर्णकालीन रुपमा खुल्ला गर्नुुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया