सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा
काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार काठमाडौँस्थित लैनचौर बैंकेटमा वार्षिक साधारणसभा सम्पन्न गरेको बैंकले जानकारी दिएको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रुपैयाँमध्येबाट पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत अर्थात ६८ लाख ५९ हजार पाँच सय ८० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी बैंकले सोही वार्षिक साधारणसभामार्फत लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले देशभर ९५ वटा शाखा कार्यालयहरू एवं ३१ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यासलाई पालना गरेको जनाएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया