समृद्धि फाइनान्स र आईएमई मोटर्सबीच सम्झौता
काठमाडौं ।
आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालि र समृद्धि फाइनान्सबीच सम्झौता भएको छ । आईएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरूले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरूलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरू लगानी गर्नेसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो । यसैअनुरूप फाइनान्सको नीतिअनुसार ग्राहकहरूलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारीसाधन खरिद गर्नका लागि कम्तीमा खरिद मूल्यको ७० प्रतिशतसम्मको सहुलियतपूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।
अब आईएमई मोटर्सको कमर्सियल गाडीहरू खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । प्रधान कार्यलय हेटौडा रहेको समृद्धि फाइनान्सको हेटौडासहित नारायणघाट, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरू रहेका छन् ।
एलसीभी सेगमेन्टअन्तर्गत दोस्त मोडल पिकअप, कन्टेनर, रेफ्रिजिरेशन भ्यान, प्यासेन्जर भ्यानका सवारीसाधनहरू विभिन्न प्रयोजन जस्तैः दुध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ । रेमिट्यान्स व्यवसायबाट उदाएको आईएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आईएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया