नीतिगत सहजीकरण : सुनौलो भविष्यको किरण देखाउने सारथि
काठमाडौं ।
मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा छैन । कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसके पनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ । पर्यटनलगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद छैन । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद छैन भन्ने देखिन्छ । यतिमात्र हैन, हाम्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार आर्थिक वृद्धि करिब २ प्रतिशतले ऋणात्मक भएको देखाएको छ ।
३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैंमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ । विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहतसम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति व्यहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिँड्नसकेको छैन । यसैले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष म यो आग्रह गर्न चाहन्छु कि कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रुपमा नेपालको नाउँ सारा विश्वले चिन्नसक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छौं । सरकारले ठूलो लगानी गर्नुभन्दा पनि केही नीतिगत सहजीकरणमार्फत यसो गर्न सक्छ भन्ने हाम्रो विश्वास छ ।
नेपाल चेम्बर अफ कमर्सले स्थापनाकालदेखि नै सरकारसँग सहकार्य गर्दै आइरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने नै छ । हाम्रा सल्लाह र सुझावहरू सरकारका ऐन, कानुन, नीति तथा कार्यक्रममा केही न केही समेटिएको अवस्था छ । यसका लागि नेपाल सरकारलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं र भविष्यमा पनि सहकार्यको अपेक्षा गर्दछौं । सरकार र निजी क्षेत्र एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न सक्दैनन् । हामीबीच सहकार्यको विकल्प छैन ।
सरकार कहिलेकाहीँ गलत बाटोमा हिँड्न खोजेमा सच्याउने दायित्व आम नागरिकको जस्तै निजी क्षेत्रको पनि हो । हामीले खासगरी आर्थिक विषयवस्तुसँग सम्बन्धित नीति नियम तर्जुमाका सन्दर्भमा विगतमा सरकारको आलोचना पनि गरेका छौं र सडकमै ओर्लिएको अवस्था पनि छ । तर पछिल्लो समय निजी क्षेत्र र सरकारबीच सम्बन्ध सुमधुर छ ।
निजी क्षेत्र र ट्रेड युनियनबीच पनि विश्वासको वातावरण बनेको अवस्था छ । तातेको बेला फलामलाई आफूले चाहेको आकारमा बदल्न सकिएजस्तै अहिले सरकार, निजी क्षेत्र र श्रमिकबीच विश्वासको वातावरण बनेकाले आर्थिक सुधारलाई नयाँ उचाइमा पु-याउने उचित अवसर छ । यसका लागि अग्रसरता लिन म वर्तमान प्रधानमन्त्रीसमक्ष विनम्रतापूर्वक आग्रह गर्दछु । मुलुकको समृद्धिका लागि प्रधानमन्त्री ओलीको दृढ इच्छाशक्ति कार्यान्वयनमा अब ढिलो गर्नु हुँदैन भन्ने म आग्रह गर्न चाहन्छु ।
निजी क्षेत्रको जेठो संस्थाको नेतृत्वमा लामो समयसम्म रहँदा चेम्बरलाई जुन उचाइमा पु-याउन सकेँ, मुलुकको शासकीय स्वरुप र शासन प्रणालीअनुसार चेम्बरलाई पनि अघि बढाउन सफल भएँ । यसको श्रेय म सम्पूर्ण चेम्बर सहकर्मी, निजी क्षेत्र र नेपाल सरकारलाई दिन चाहन्छु । सबैको साथ र सहयोगकै कारण नेपाल चेम्बर आज नीति निर्माणदेखि व्यवसायीका समस्यामा सहजीकरण, प्रवद्र्धन तथा भोलिको सुनौलो भविष्यका किरण देखाउने सारथि बनेको छ ।
व्यवसायीको प्रतिनिधिमूलक संस्था भए पनि चेम्बर नेपाली समाजलाई संकटमा पर्दा मल्हमपट्टी लगाउने सामाजिक संस्था पनि हो । भिन्न विचारका राजनीतिक नेतृत्वसँग समान दूरी राख्दै आर्थिक विकासमैत्री बनाउन उत्प्रेरित गर्ने यो संस्थाको गरिमासँग म भोलिका दिनमा पनि अवश्य नै जोडिनेछु । (नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभामा चैत २६ गते तत्कालीन अध्यक्ष राजेशकाजी श्रेष्ठद्वारा प्रस्तुत मन्तव्यको सम्पादित अंश)
क्याटेगोरी : नेपाल, समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया