मेट लाइफ नेपालका ग्राहकले अब बीमादाबी अनलाइनबाटै गर्नसक्ने
काठमाडौं ।
मेटलाइफ नेपालले यसै साता आफ्नो अनलाइन दाबी इन्टिमेसन सेवा सूचारु गरेको छ । कम्पनीका अनुसार यसबाट ग्राहकहरूले आवश्यक कागजातसहित बीमादाबीहरू अनलाइन माध्यमबाट छिटो र सजिलो तरिकाले पेस गर्न सक्नेछन् । यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारी र कागजातहरू प्राप्त हुनासाथ मेटलाइफको दाबी टोलीले तुरून्त दावी प्रक्रिया सुरु गर्नेछ । ग्राहकले अनलाइन दाबी प्रक्रिया पूरा गर्न सरल चरणबद्ध निर्देशनहरू अनुसरण गर्न सक्दछन् ।
अनलाइन बीमा दरखास्त, प्रीमियम भुक्तान, र केवाईसी अपडेटका साथै नयाँ ग्राहक सेवा एप प्रयोगमा ल्याइसकेको मेटलाइफ नेपालले अनलाइन बीमा दाबी गर्न सकिने यो नयाँ पहल कम्पनीको सेवालाई ग्राहकहरूमाझ सरलीकृत तथा डिजिटल सेवा प्रदान गर्न चालेको अनेकन कदमहरूको एक अंश हो ।
मेटलाइफ नेपालका उपनिर्देशक तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भन्छन्, ‘हामी बुझ्छौँ कि बीमादाबी ग्राहकको जीवनको पीडादायक समयमा ध्यान केन्द्रित गर्ने असहज परिस्थिति हो, त्यसैले हामीले हाम्रो बीमादाबी प्रक्रियालाई सरल र सीधा बनाउने प्रयास गरेका छौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा स्थापित हामी हाम्रा ग्राहकहरूका लागि डिजिटल अनुभवहरूको निरन्तर सुधारतर्फ अग्रसर रहिरहने छौँ । जसबाट वहाँहरूले हाम्रा कार्यालयहरूमा भौतिकरूपमा उपस्थित नभई नै हाम्रा सम्पूर्ण सेवाहरू सहजरूपमा प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया