ग्यापु मार्केट प्लेसले निषेधाज्ञामा निःशुल्क होम डेलिभरी गर्ने
काठमाडौँ ।
इ–कमर्स कम्पनी ग्यापु मार्केट प्लेसले निषेधाज्ञाको समयमा अत्यावश्यक खाद्यान्नसहित तरकारी, फलफूलको निःशुल्क होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीका अनुसार महामारीको समयमा उपभोक्तालाई भीडभाडमा जान नपर्ने वातावरण सिर्जना गर्न अत्यावश्यक वस्तुको होम डेलिभरी सुरु गरिएको हो ।
ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर छिटो, सस्तो र भरपर्दो सेवा दिन हामी लागिपरेको बताए । खड्काका अनुसार कम्पनीले काठमाडौ उपत्यकाभित्रका सबै स्थानमा २४ घण्टाभित्र निःशुल्क होम डेलिभरी सेवा प्रदान गर्नेछ ।
एक वर्षअगाडि लकडाउनकै बेला जन्मिएको ग्यापुले सुरुवाती दिनमा कालीमाटी बजारभन्दा सस्तो मूल्यमा तरकारी तथा फलफूल बेचेर छोटो समयमै उपभोक्ताको मन जितेको थियो । ‘कोरोना कहरमै जन्मेर विषम परिस्थितिमा उपभोक्ताको मन जित्न सफल भएका थियौं ।
फेरि पनि हामीलाई उपभोक्ताको अफ्ट्यारोमा सहयोग गर्ने मौका जुरेको छ’, उनले भने । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आइएमई पे, कनेक्ट आइपिएस र इ–सेवामार्फत सजिलै भुक्तानी गर्न समेत सकिने कम्पनीले जनाएको छ । साथै, डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ताजा अपडेट
- साधारणभन्दा पुँजीगत बजेट बढ्नु सकारात्मक
- सरकारी वित्त दुई खर्ब ३६ अर्बले घाटामा
- बैंकहरुबीच ३८ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार !
- बालमन्दिर जग्गा घोटालाविरुद्धको पक्राउ पुर्जी रद्दीको टोकरीमा
- कृषि विकास सहकारीमा करिब एक अर्ब रुपैयाँ अपचलन गर्ने चार व्यक्ति पक्राउ
- पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा
- बकर इद मनाइँदै : सरकारद्वारा सार्वजनिक बिदा
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया