अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– भारत छोडिहाल
वासिङटन ।
संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो चाँडो भारत छोड्न आग्रह गरेको छ । भारतमा कोरोनाले भयावह रुप लिएसँगै अमेरिकाले नागरिकलाई भारतमा नबस्न भनेको हो ।बिहीबार एकै दिन भारतमा तीन लाख ७९ हजार दुई सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । जुन विश्वमै एकै दिन धेरै संक्रमित हुने कीर्तिमान हो । अमेरिकी राजदूतावासले भारतमा कोरोना संकट गहिरिँदा सबै स्वास्थ्य सेवाबाट सीमित पहुँच हुने चेतावनी समेत दिएको छ । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले जारी गरेको चौथो तहको ‘यात्रा नगर’ सल्लाह अहिलेसम्मकै उच्चस्तरको ‘एडभाइजरी’ हो ।
भारतमा कोरोनाबाट अहिलेसम्म दुई लाख बढीको मृत्यु भइसकेको छ । विज्ञहरुले यो संख्या अझै बढी हुनसक्ने बताइरहेका छन् । एडभाइजरीमा भारत जान लागेकालाई नजान र भारतमा भएकालाई छिटो भारत छोड्न भनिएको छ । ‘जो अमेरिकी भारत छोड्न चाहन्छन्, उनीहरुले कमर्सियल ट्रान्सपोर्टेसनको उपलब्ध विकल्पको फाइदा उठाउनुपर्छ’, त्यसमा भनिएको छ, ‘केही अमेरिकी नागरिकले अस्पतालमा स्थान अभावले उपचार हुन नपाएको बताएका छन् ।’
त्यस्तै अमेरिकाले कोरोनाले आक्रान्त भारतलाई दुई करोड खेप अस्ट्राजेनेका खोप बनाउन दिने भएको छ । यसबाहेक अमेरिकाले भारतमा १० करोड अमेरिकी डलरबराबरको स्वास्थ्य आपूर्ति गराउने भएको छ । पहिलो उडानमा अमेरिकाले १० लाख इन्स्ट्यान्ट टेस्ट आपूर्ति गर्ने भएको छ । भारतले त्यसको लागि स्वागत गरेको छ । भारतमा अहिले कोरोनाको चरम अभाव छ भने कोरोना संक्रमितहरुले उपचार पाउन हम्मे हम्मे परेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- असार १० गतेसम्म समानीकरण अनुदान निकासा गर्न स्थानीय तहको सरकारलाई अल्टिमेटम
- चार हजार पाँच सय २४ जनालाई भरतपुर महानगरको निःशुल्क तालिम
- हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट
- काठमाडौं चिनियाँ शैक्षिक प्रदर्शनी हुने
- बजाज पल्सर एन १५० अब नेपाली बजारमा
- भिभो युरो कपको आधिकारिक साझेदार
- पहिचानको प्रश्नः तपाईँ को हुनुहुन्छ ?
- आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया