लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषाले पायो मान्यता
काठमाडौं ।
लायन्स क्लब्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई पहिलोपटक अफिसियल भाषाका रूपमा चौधौँ स्थानमा मान्यता प्रदान गरेको छ । भाषाको मान्यतापछि अबदेखि लायन्स अन्तर्राष्ट्रियको हेडक्वार्टर अमेरिकाको मुख्य कार्यालयमा नेपाली भाषा पनि अफिसियल भाषा बन्ने भएको हो ।
अबको केही समयपछि लायन्स अन्तर्राष्ट्रियको वेबसाइटमा समेत नेपाली भाषा पढ्न पाइने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समावेश हुने यो अभियानका अभियन्ता लायन्स अन्तर्राष्ट्रियका पूर्व इन्टरनेशनल डाइरेक्टर लायन सन्जय खेतानले बताए । प्रत्येक वर्ष हुने अन्तर्राष्ट्रिय कन्भेन्सनमा समेत अब नेपाली भाषामा पनि सुन्न सकिने भएको छ । यसअघि अंग्रेजी र अन्य भाषामा मात्र सुन्न सकिने अवस्था थियो । पूर्व इन्टरनेशनल डाइरेक्टर लायन सन्जय खेतानको लामो समयदेखिको अथक प्रयास र लायन्स क्लब्स अन्तर्राष्ट्रियसँगको खेतानको सम्बन्धले पहिलोपटक लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषा अफिसियल भाषाका रूपमा दर्ता भएको हो ।
लायन्सप्रति नेपालीहरुको बढ्दो सक्रिय सहभागिता, नेपाली लायन्सको सहयोग र सहकार्यको उच्च मूल्यांकन गर्दै समाजसेवामा विश्वमै अग्रस्थानमा रहेको लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिएको पूर्वइन्टरनेशनल डाइरेक्टर लायन इ. सन्जय खेतानले बताए । लामो समयदेखिको पहल र प्रयासले यो सफलता हात परेको उनले बताए । इ. खेतान नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै लायन्सका कुशल लिडर मानिन्छन् । उनी लायन्स अन्तर्राष्ट्रियको डाइरेक्टर बन्न सफल पहिलो नेपाली लायन हुन् ।
एलसीआईएफ एरिया लिडर तथा इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी पदका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिनु भनेको सम्पूर्ण नेपाली लायन्सले समाजसेवामा पु-याएको योगदानको कदर गरेको अनुभूति भएको बताए ।
बुर्लाकोटीले आफू इन्टरनेशनल डाइरेक्टरमा निर्वाचित भएमा नेपालको नाम विश्वमा चिनाउँदै नेपाली लायन्स र जनताका लागि उल्लेख्य योगदान पुग्ने किसिमका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै लायन्स अन्तर्राष्ट्रियबाट नेपालमा स्थायी प्रोजेक्ट ल्याउन पहल गर्ने समेत घोषणा गरे । लायन्स लिडर बालकृष्ण बुर्लाकोटी आगामी जेठ २१ र २२ गते हुने लायन्सको मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक ३२५ बी १ को तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टरका लागि एकल उम्मेदवार हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानमा रोजगारीको उपलब्धता घट्यो
- एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र साढे चार प्रतिशत बढ्ने
- सरकारी खर्च कार्यान्वयनका समस्या
- मई दिवस: श्रम अधिकार
- लगानी सम्मेलनपछि गर्नुपर्ने कामहरू
- श्रमिक अस्पताल निर्माण गर्न माग
- पशुपतिनाथको जलहरी प्रकरणमा तीन जनालाई सफाइ
- नबिल बैंकको वीरगञ्ज शाखाबाट करिब डेढ करोड चोरी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया