Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीएलडीसी सिलिङ फ्यान बजारमा

बीएलडीसी सिलिङ फ्यान बजारमा


काठमाडौं । बढ्दो गर्मीयामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान पहिलो पटक बजारमा आएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बीएलडीसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत् बचत हुने बताइएको छ ।

यस्तै, पफमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दाबी गरेको छ । उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओईएम ब्रान्ड बीएलडीसी टेक्नेलोजी रहेको छ । साथै, रोबस्ट र रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ । ‘नेपालमा त्यही पनि तराईजस्तो ठाउँमा बिजुलीको भोल्ट कहिले कम र कहिले बडी आउने गर्छ । यस्तो अवस्थामा फ्यान पनि सोहीअनुसार घुम्ने गर्छ । यही अवस्थालाई मध्यनजर गरी यो सिलिङ्ग फ्यान ल्याइएको हो’, कम्पनीले भनेको छ । यो फ्यान एक सय १० देखि २८० बीचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको रहेको छ ।

रिमोटको सुविधायुक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा दुई वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक चार वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया