काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोवार दिन आज बुधबार पाँच दसमलव नौ अंकले ओरालो लागेर २६ सय ४९ दसमलव ६० अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६३ अंकले ओरालो लागेर चार सय ७३ दसमलव ८१ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ७८ हजार सात सय ७१ पटकको कारोवारमा एक करोड ४८ लाख ६७ हजार नौ ९५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोवार रकम छ अर्ब २१ करोड ६८ लाख १४ हजार तीन सय १३ रुपैयाँ पुगेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये चार वटा उपसमुहको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहको सचुक ओरालो लागेका छन् । जसमध्ये बाँँणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ र फाईनान्स उपसमुहको सुचक पनि उकालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया