म्याग्दी ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले थला परेका बेला खेतबारीमा लगाइएको मकैबाली फौजीकीराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजीकीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् ।
जिल्लाको बेनी नगरपालिकासहित छवटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संक्रमित भएर होम क्वारेन्टिन, आइसोलेसन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेलामा किसानले लगाएको मकै बालीमा फौजीकीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजीकीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए ।
बगरफाँटको चार सय रोपनी क्षेत्रफलमा फौजीकिराले मकैबाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषक थापाले बताए । ‘खेती लगाएका किसान कोरोनाले विस्तारामा थलिएका छन्, खेतमा मकै कीराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि संकट हुनेभयो’, कृषक थापाले भने । यसअघि गहुँबालीमा समेत किरा लागेर राम्रो उत्पादन हुनसकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको आसा गरेर बसेका किसानहरू मकैबाली पनि कीराले नष्ट गरिदिँदा चिन्तित बनेका छन् ।
ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यसवर्ष रोग र भोकले किसानलाई बाँच्न कठिन हुने लक्षण देखिएको बताए । कोरोनाका कारण बजारमा गएर औषधि किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधि प्रयोग गर्दा रोग र कीरा नियन्त्रणमा आउन नसकेको किसानले गुनासो गरेका छन् । तर, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिकरूपमा यस विषयमा किसानले कुनै गुनासो नगरेको बताए । किसानहरूका अनुसार भर्खरै उम्रिएका मकैमा कीराको प्रकोप झन् बढी देखिएको छ । वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
- सन्दीप लामिछानेको मुद्दामा बहस सकियो
- दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया