बैतेश्वरको पाँच वडामा बुद्धको मूर्ति निर्माण
दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिकाले गाउँपालिका विभिन्न वडामा शान्तिदूत गौतम बुद्धको मूर्ति निर्माण गरेको छ । गाउँपालिकाले आठवटा वडामध्ये पाँच वडामा बुद्धको मूर्ति निर्माण गरेको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए । उनका अनुसार वडा नम्बर १ र २ गैरिमुदीमा दुईवटा बुद्धको मूर्ति निर्माण गरिएको छ । त्यसैगरी गाउँपालिकाको वडा नम्बर ३ मिर्गेको लहरे मानेमा पनि बुद्धको मूर्ति निर्माण गरिएको छ । गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले वडा नम्बर ६ नाम्दुमा पनि बुद्धको मूर्ति निर्माण भइरहेको जानकारी दिए ।
नाम्दुमा निर्माणाधीन अवस्थामा रहेको मूर्तिको काम अन्तिम चरणमा पुगेको उनले बताए । गाउँपालिकाको वडा नम्बर ८ क्षेत्रपामा पनि मूर्ति निर्माण सम्पन्न भइसकेको उपाध्यक्ष आचार्यले बताए । गाउँपालिले वडाको मागअनुसार बुद्धको मूर्ति निर्माण गर्न गतवर्ष २५ लाख र चालू वर्षमा थप ३० लाख बजेट छुट्ट्याएको थियो । जसमध्ये वडा नम्बर १, २ र ३ मा मूर्ति निर्माण गर्न गत वर्ष पाँच लाखका दरले १५ लाख र चालू वर्षमा १५ लाख बजेट थप गरेको थियो । त्यसैगरी चालू वर्षमा वडा नम्बर ६ र ८ मूर्ति निर्माण गर्न पनि बजेट थप गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया