काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले तीन अर्ब चार करोड ९७ लाख सात हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर स्वीकृत गरेको छ । बोर्डका अनुसार चालू आर्थिक वर्ष सुुरु भएयता अर्थात् २०७७ भदौ २ गतेदेखि २०७८ वैशाख १९ गतेसम्ममा छ कम्पनीहरुलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड चार लाख ९७ हजार ७० दशमलव २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइएको हो ।
यसमध्ये समृद्धि फाइनान्सले सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहने गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ३६ करोड ३९ लाख ६० हजार छ सय रुपैयाँबराबरको ३६ लाख ३९ हजार छ सय छ कित्ता हकप्रदको लागि अनुमति पाएको बोर्डले जनाएको छ । यसैगरी नेपाल फाइनान्सले पनि चालू आव सुरु भएपश्चात् नै बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहने गरी १६ करोड ९७ लाख ५० हजार छ सय २५ रुपैयाँबराबरको १६ लाख ९७ हजार पाँच सय छ दशमलव २५ कित्ता हकप्रद सेयरको लागि अनुमति पाएको थियो ।
नागरिक लगानी कोषले पनि बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार दुुई सय रुपैयाँबराबरको एक करोड ३५ लाख ९२ हजार पाँच सय ९२ रुपैयाँबराबरको हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको थियो ।
बोर्डका अनुसार नारायणी डेभलपमेन्ट बैंकले पनि बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत छ करोड ५६ लाख १६ हजार नौ सय रुपैयाँबराबरको छ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएको थियो । यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि बिक्री प्र्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहने गरी ५२ करोड ४१ लाख १९ हजार सात सय रुपैयाँबराबरको ५२ लाख ४१ हजार एक सय ९७ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो ।
बोर्डका अनुसार चालू आवको पछिल्लो अवधिमा अपी पावर कम्पनी लिमिटेडले पनि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो । बोर्डका अनुसार अनुमति पाएकामध्ये हालसम्म सबैजसो कम्पनीहरुले हकप्रद सेयरको बिक्री कार्य सम्पन्न गरिसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया