माछापुुच्छ्रे बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं ।
माछापुुच्छ्रे बैंकले कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
आज आइतबार बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले उक्त स्वास्थ्य सामग्री कल्याणपुुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरेका हुन् । बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनीकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्कलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो ।
बैंकल आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्षदेखि महामारीको रूपमा फैलिँदै गएको कोरोना भाइसरको जोखिम न्यूनीकरण तथा संक्रमितको उपचारमा राहत पुगोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा, स्थानीय संघसंस्थाहरलाई विभिन्न समयमा विभिन्न सहयोगहरू गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया