निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको निधन
काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा मंगलवार निधन भएको छ । महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान दिएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका संस्थापक हुन् । उनले महासंघमा संस्थापक उपाध्यक्षसहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । उनी हाल महासंघको मानार्थ सदस्य थिए । शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए ।
स्वर्गिय शर्माका सुपुत्र रमेश शर्मा महासंघको स्थापनाकालदेखि एसोसिएट सदस्यको रूपमा रहेको शर्मा एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक, महासंघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हुन् । पशुपति आर्यघाटमा शर्माको शवमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । महासंघका महासचिव रोशन दाहालले शोक वक्तव्यमार्फत शर्माको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया