दक्षिण कोरियाली कम्पनीले बंगलादेशमा लगानी गर्ने
ढाका ।
दक्षिण कोरियाली कम्पनी पीएच क्रिएटिभ (बीडी)ले बंगलादेश एक्सपोर्ट प्रोसेसिङ जोन्स अथोरिटी (बेप्जा)सँग मंगला एक्सपोर्ट प्रोसेसिङ जोनभित्र कारखाना स्थापनाको लागि सम्झौता गरेको छ ।
क्याम्पिङ वस्तु र गार्मेन्ट वस्तु उत्पादनका लागि कारखाना बनाउन उक्त सम्झौता गरेको बताइएको छ । उसले यसका लागि ४१ लाख ५० हजार अमेरिकी डलर लगानी गर्नछ । कारखानाबाट ५० लाख क्याम्पिङ वस्तु वार्षिक उत्पादन हुनेछ । यी वस्तुमा स्टिल, आल्मुनियम र फलामका फ्रेम, त्रिपाल, ट्रली ब्याग, ह्यान्ड ब्याग, स्लिपिङ ब्याग, क्याम्पिङ चेयरसँगै गार्मेन्ट वस्तुहरु शर्ट, ज्याकेटलगायतका छन् ।
उक्त कारखाना स्थापनासँगै नौ सय ९० रोजगारी सिर्जना हुनेछ । बेप्जाका लगानी प्रवद्र्धन हेर्ने सदस्य महमुदुल हुसेन खानले कोरियाली कम्पनीका प्रमुख जिन हो बाईसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको डेलि स्टार अनलाइनले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’
- ‘सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु’
- मोरङ उद्योग व्यापार संघको निर्वाचन हुँदै
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया