स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा
काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको एक लाख ९० हजार छ सय ५० कित्ता सेयर बिक्री गर्नेभएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य सात सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जानकारी दिएको छ ।
साथै, विद्यमान संस्थापकहरूलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरूलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराउँदै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले मिति २०७८ जेठ २४ गतेदेखि मिति २०७८ असार २७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्नसकिने जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया