श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने
कोलम्बो ।
श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ ।श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलंकाका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमाण्डरलाई उद्धृत गर्दे सो जानकारी दिएका हुन् ।
सिन्ह्वाका अनुसार यहाँका सैनिक कमाण्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै यहाँको सरकारले यस अनुसारको कामको तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको र देशव्यापी रुपमा नै खोप लगाउन थालिएको पनि उनले सो कार्यक्रममा बताएका थिए ।
उनले यो सरकारको कार्यक्रम रहेको र यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको उनले जानकारी दिए । वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्यसम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकोले सबैले एक भएर यसविरुद्ध काम गर्नुपर्ने पनि उनले बताए ।
श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उनले बताएका छन् । उनले श्रीलंकाले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको जानकारी पनि दिए । श्रीलंकामा कोभिड १९ का दुई लाखभन्दा बढी संक्रमित रहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विश्व रेडक्रस दिवस र नेपाल
- आयु बढ्दाको खुसी
- समसामायिक राजनीतिक व्यङ्ग्य
- राष्ट्र बैंकको नियतमै खोट
- स्मार्ट टेलिकमको घोटाला छानबिन गर्न माग
- पेमेन्ट गेटवे प्रकरणमा पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिबाना
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया