भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम संक्रमित
नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि एकैदिनमा सबैभन्दा कम संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार तीन सय ३२ जना नयाँ संक्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले संक्रमितहरुको संख्या घट्दै गएकाले अवस्था सकारात्मक हुँदै गएको भन्दै खुसी व्यक्त गरेको छ ।
नयाँ संक्रमितसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९३ लाख ५९ हजार एक सय ५५ पुगेको पनि मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १० लाख ८० हजार ६९० जना अझै पनि संक्रमित अवस्थमै रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
पछिल्लो एक दिनमा ४० हजार नौ सय ८१ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार दुई जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भई मृत्यु भएकाहरुको कुल संख्या तीन लाख ६७ हजार ८१ पुगेको छ ।
भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या दुई करोड ७९ लाख ११ हजार तीन सय ८४ पुगेको अधिकारीहरुले जनाएका छन् । यसरी हेर्दा कुल संक्रमितमध्ये ९५.०७ प्रतिशत संक्रमणमुक्त भएको देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया