‘शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरियो’
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षक तथा प्राध्यापकलाई विभेद गरिएको जनाएको छ । निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको कांग्रेस शिक्षा विभागको भनाइ छ ।
विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गरी विभेदको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बजेटले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकबराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने, निजामती कर्मचारीलाई १० लाख रूपैयाँको सामूहिक दुर्घटना बीमा र एक लाख रूपैयाँको स्वास्थ्य बीमा प्रिमियमबापतको रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ । तर उक्त दुवै सेवा तथा सुविधाबाट शिक्षक र प्राध्यापकलाई वञ्चित गरिएको कांग्रेसको भनाइ छ ।
शिक्षक र प्राध्यापकमा गरिएको विभेदप्रति आपत्ति प्रकट गर्दै कांग्रेसले सरकारलाई त्यस्तो विभेदको अन्त्य गर्न आग्रह समेत गरेको छ । साथै विभागले सरकारले शिक्षक तथा प्राध्यापकवर्गको मागलाई आन्दोनबाट मात्र बाध्य भएर सम्बोधन गर्ने गरिएको पारिपाटीको अन्त्य गर्दै भविष्यमा यस्तोे विभेदकारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
- सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका
- सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री दाहाल
- सांसद नेम्वाङद्वारा सभामुख घिमिरेसमक्ष शपथ
- बजेटको अनिश्चितता र अर्थमन्त्रीमाथि बढेको दबाब
- विश्व रेडक्रस दिवस र नेपाल
- आयु बढ्दाको खुसी
- समसामायिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया