नयाँ दिल्ली ।
भारतमा आइतबार ६० हजार चार सय ७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भारतमा ७५ दिनयताकै यो सबैभन्दा कम कोरोना संक्रमित फेला परेको हो ।
गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण दुई हजार सात सय २६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या तीन लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना संक्रमितको कुल संख्या दुई करोड ९५ लाख ७० हजार आठ सय ८१ पुगेको मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
गत २४ घण्टामा एक लाख १७ हजार पाँच सय २५ जना कोरोना भाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग भारतमा दुई करोड ८२ लाख ८० हजार चार सय ७२ जना कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस संक्रमणमुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ नौ लाख १३ हजार तीन सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना सुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार नौ सय ८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया