रोहिणी गाउँपालिकामा अधिकांश योजनाहरू सम्पन्न
बुटवल ।
रोहिणी गाउँपालिका रूपन्देहीले वर्षाका कारण ढिलो सुरु भएका केही योजनाहरूबाहेक चालू आवका लागि छुट्याइएका सम्पूर्ण योजनाहरू सम्पन्न गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार अधिकांश योजनाहरू समयमै सुरु हुँदा सम्पन्न भए पनि केही योजनाहरू ढिलो सुरु हुँदा आगामी आर्थिक वर्षका लागि सार्नु्पर्ने अवस्था सिर्जना भएको हो ।
‘ढिलो सुरु भएका योजनालाई निर्धारित समयभित्रै सम्पन्न गर्न ठेकेदारलाई दबाब दिए पनि सम्पन्न गर्नसक्ने अवस्था छैन । हामी त शतप्रतिशत योजनाहरू समयमै सम्पन्न गर्ने रणनीतिमा सञ्चालित थियौँ । तर पनि सबै सोचेजस्तो भएन कतै ठेकेदारबाट धोका भयो त कतै विविध कारणले रोकियो’, न्यौपानेले भने । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कहीँकतै उपभोक्ताहरूमा देखिएको चेतनाको कमीले कुनै कुनै योजनाहरू न्यून गुणस्तरीय हुने बताए । उनले भने, ‘सबै स्थानमा जनप्रतिनिधि र कर्मचारीहरू गएर मसिनो गरी नियमन गर्नसक्ने अवस्था पनि हुँदैन ।
उपभोक्ता समितिमार्फत भएका कामहरूको गुणस्तरियता मापन उपभोक्ताबाट हुनसके धेरै राम्रो हुनेथियो । तर वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दा आफ्ना गाउँघरका कामहरू पनि राज्यका कामहरूजस्तै गरेको अनुभूति मिल्दछ ।’ उपभोक्ताले अनुगमन नगर्दा पूर्णरूपमा कुनै पनि काम गुणस्तरीय छ भन्ने कुरामा ढुक्क हुनसक्ने अवस्था नबनेको उनले बताए ।
स्थानीयस्तरमा भएका विकास निर्माणका कामहरूको प्रत्यक्ष लाभ स्थानीयस्तरले नै लिने बताउँदै उनले राज्यको जुनसुकै सरकारी निकायबाट भएका कामहरूको कमीकमजोरी औँल्याउने अधिकार समग्र नेपाली नागरिकको भएको बताए । गुणस्तरहीन कार्यहरूलाई निरुत्साहित गर्दै दिगो विकासको लागि सचेत नागरिकको परिचय बनाउनुपर्ने उनको भनाइ छ ।
संघ र प्रदेशबाट छनोट भई आउने योजनाहरू पनि स्थानीयस्तरबाट सञ्चालनमा आएका टुक्रे योजनाहरूजस्तै हुने बताउँदै उनले स–साना योजनाहरू स्रोतको व्यवस्थापन स्थानीय तहमा गरेर स्थानीयस्तरबाट छनोट गरी सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले भने, ‘संघ र प्रदेशले स्थानीय तहहरूले गर्न नसक्ने ठूला–ठूला योजनाहरूमा हात बढाउनुपर्छ । पाँच/दश लाख रूपैयाँका योजना स्थानीय तहलाई सुम्पेर संघ र प्रदेशले बजेट दीर्घकालीन महत्व राख्ने ठूला योजनाहरूमा बढी केन्द्रित हुनुपर्छ ।’
योजना कार्यान्वयनले पूर्णता पाउँदै जाँदा बीचको केही समयबाहेक वित्तीय प्रगति बढ्दै गएको लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए । पुँजीगत खर्च जति धेरै भयो उति राम्रो हुने र चालू खर्च जति कम भयो उति राम्रो हुने भएकोले पुँजीगत खर्च उच्च र चालू खर्च कम गर्दै कार्यसम्पादन गरेको उनले बताए । अधिकृत ज्ञवालीले आगामी आर्थिक वर्ष २०७८/८९ को लागि बजेट तयार गर्ने र नीति तथा कार्यक्रमको लागि मिहिनेतको साथ अगाडि बढेको बताए ।
‘आगामी आर्थिक वर्षको लागि संघीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको छ । ससर्त अनुदानमा १८ करोड ९६ लाख रूपैयाँ, १२ करोड ९३ लाख रूपैयाँ, राजस्व बाँडफाँडबाट आठ करोड पाँच लाख ७७ हजार रूपैयाँ, विशेष अनुदानमा एक करोड ३३ लाख रूपैयाँ, समानीकरण अनुदानमा ९७ लाख रूपैयाँ संघीय सरकारबाट प्राप्त भएको छ’, अधिकृत ज्ञवालीले भने ।
प्रदेश सरकारले गाउँपालिकाका लागि विनियोजन गरेको बजेटको बारेमा जानकारी गराउँदै ज्ञवालीले प्रदेश सरकारबाट ससर्त अनुदानमा ८५ लाख ४४ हजार रूपैयाँ, वित्तीय समानीकरणमा ६१ लाख १३ हजार रूपैयाँ, राजस्व बाँडफाँडबाट ६५ लाख ९६ हजार रूपैयाँ, विशेष अनुदानमा ६० लाख रूपैयाँ र समपुरक अनुदानमा एक करोड ५० लाख रूपैयाँ प्राप्त भएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया