अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि आन्तरिक उडान असार १७ देखि सञ्चालन हुने
काठमाडौँ ।
मुलुकको आन्तरिक हवाइ उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाइ उडान शर्तसहित पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
साथै मन्त्रालयले अन्तर्राष्ट्रिय उडानतर्फ पनि तोकिएको गन्तव्यमा बिहीबारदेखि नै उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन क्यानलाई निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसमा जुलाई २४मा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौँ उडान गर्ने तालिका छ ।
त्यस्तै जुन २५ मा नेपाल एयरलाइन्सको जहाजले जापानमा उडान भर्नेछ भने एयर इन्डियाको जहाजले दिल्ली–काठमाडौँ उडान गर्नेछ । जुन २६ मा कतार एयरवेजले दोहा–काठमाडौँ उडान गर्नेछ । टर्किस एयरलाइन्सले काठमाडौँ उडान गर्नेछ । सोही दिन एयर अरेबियाको जहाजले आबुधावीबाट काठमाडौँको उडान भर्ने तालिका तय गरिएको छ । त्यसैगरी जुन २७ मा नेपाल एयरलाइन्सले दोहा गन्तव्यमा उडान भर्नेछ । सोही दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र दुबईमा समान एक–एक उडान गर्ने तालिका छ ।
कतार एयरवेजको दोहा–काठमाडौँ र जजिरा एयरवेजले कुवेतबाट काठमाडौँ उडान गर्ने मन्त्रालयले जनाएको छ । जुन २८ मा नेपाल एयरलाइन्सले दुबई र हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान भर्नेछ भने कतार एयरवेजले दोहाबाट काठमाडौँका लागि उडान गर्नेछ । जुन २९ मा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । सोही दिन टर्किस एयरलाइन्सले काठमाडौँ उडान गर्ने जनाइएको छ । फ्लाई दुबईले काठमाडौँ, ओमनको सलाम एयरले काठमाडौँमा उडान गर्नेछन् । जुन ३० मा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरले कुवेत–काठमाडौँ उडान गर्ने तालिका तय गरिएको छ ।
कोभिड महामारी नियन्त्रण गर्न सरकारले वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया