सहकारीबाट ४४ लाख नगद र ९ तोला सुन चोरी गर्ने पक्राउ
काठमाडौं ।
काठमाडौँ उपत्यकाका विभिन्न सहकारीबाट करिब ४४ लाख नगद र ९ तोला सुन चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त सिंहदरबारबाट परिचालन भएको विशेष टोलीले शनिबार नुवाकोटको बेल्कोट नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौंको जोरपाटी बस्दै आएका २२ वर्षीय दिपक गजुरेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले ४३ लाख ९७ हजार तीन सय २६ रुपैयाँ नगद, ९ तोला सुन र १÷१ थान मोबाइल र ल्यापटप चोरी गरेका थिए ।
प्रहरीले उनलाई गौशालामा शंकास्पद रूपमा हिँडिरहेको आवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त चोरी प्रकरण खुलेको हो । साथै उनीबाट सहकारी संस्था चोरी गर्नका लागि उनले सिसा काट्ने मेसिन थान एक, मास्टर चाबी थान एक, घटनामा प्रयोग भएका विभिन्न कपडाहरू र विभिन्न बैंकको खातामा नगद जम्मा गरेको रसिदहरू बरामद भएको प्रहरीले जनाएको छ ।
गजुरेलले गत माघ १५ गते बानेश्वरस्थित बेबिलोन उपभोक्ता सहकारी संस्थावाट सात लाख दुई हजार, गत माघ २१ गते शंखमुलस्थित घरसंसार उपभोक्ता सहकारी सस्थाबाट दुई लाख २४ हजार, गत फागुन १३ गते गौशाला मित्रपार्कस्थित पन्च श्री बचत तथा ऋण सहकारी संस्थाबाट १४ लाख ९८ हजार, गत फागुन १४ गते कोटेश्वरस्थित सिमस स्वामी बचत तथा ऋण सहकारी संस्थाबाट दुई लाख रुपैयाँ चोरी गरेका थिए ।
यस्तै गत चैत्र ४ गते बानेश्वरस्थित सन्दुक बचत तथा ऋण सहकारी संस्थाबाट १० लाख १३ हजार, गत जेठ १३ गते मैतिदेवीस्थित जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ र एक मोबाइल र एक ल्यापटप चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । यसैगरी गत जेठ १३ गते नै उनले मैतिदेवीस्थित गैथली बचत तथा ऋण सहकारी संस्थावाट दुई लाख ५८ हजार रुपैयाँ र ९ तोला सुनको गरगहना चोरी गरेको प्रहरीको भनाइ छ । कारबाहीको लागि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया