एक अर्ब रुपैयाँको आरबीबी म्यूचुअल फण्ड एक जारी हुने
काठमाडौं । एक अर्ब रुपैयाँ बराबरको आरबीबी म्चुचुअल फण्ड जारी हुुने भएको छ । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड हुनेगरी आरबीबी म्यूचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना आरबीबी म्युचुअल फण्ड एक नामको योजनाको यही असार २३ गतेबाट बिक्री खुल्ला हुने भएको हो ।
कोषको बिक्री कार्य छिटोमा यही असार २७ गते र ढिलोमा साउन छ गते बिक्री कार्य बन्द हुनेछ । योजना व्यवस्थापकका अनुसार प्रतियुनिट १० रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० करोड एकाइको म्चुचुअल फण्ड बिक्री हुुन लागेको हो । लगानीकर्ताहरूले न्यूनतम एक सय युनिटदेखि लिएर अधिकतम एक करोड एकाइसम्मको कोष खरिदका लागि आवेदन दिन सक्नेछन् । योजनाको परिपक्व हुने अवधि सात वर्षको हुनेछ । गत साता मात्र नेपाल धितोपत्र बोर्डले आरबीबी म्युचुअल फण्ड एकलाई निष्काशनको लागि अनुमति दिएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया